दफा १०
इजाजतपत्र प्राप्त गर्ने वा रिन्यू गर्ने तरिका
(१)कुनै व्यक्तिले यो ऐन अन्तर्गत इजाजतपत्र लिनको निमित्त तोकिएको दस्तूर र तोकिएको ढाँचाको दरखास्त प्रमुख जिल्लाअधिकारी छेउ दिनुपर्छ ।
(२) उपदफा (१) अन्तर्गत कसैको दरखास्त दाखिल भएपछि प्रमुख जिल्ला अधिकारीले तोकिए बमोजिमको आवश्यक जाँचबुझ गरी हेर्दा दरखास्तमा लेखिए बमोजिम काम गर्न पाउने गरी इजाजतपत्र दिन मनासिव सम्झिएमा तोकिए बमोजिमको शर्त बन्देज राखी दरखास्तवालालाई तोकिएको ढाँचाको इजाजतपत्र दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम दिइएको प्रत्येक इजाजतपत्रको अवधि र त्यसलाई रिन्यू गर्ने तरिका, स्थान र त्यसरी रिन्यू गराउँदा लाग्ने दस्तुर तोकिए बमोजिमको हुनेछ ।